नियम १६
जोखिमपूर्ण पदार्थको व्यवस्थापन
(१) मन्त्रालयले विभागको सिफारिसमा जोखिमपूर्ण पदार्थको सूचीकरण गर्नेछ ।

(२) जोखिमपूर्ण पदार्थको आयात, सङ्कलन, भण्डारण, प्रशोधन, बिक्री वितरण, विसर्जन वा ओसारपसार गर्न चाहने व्यक्ति वा संस्थाले अनुसूची-१६ बमोजिमको ढाँचामा बिआग समक्ष निवेदन दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम कुनै निवेदन प्राप्त भएकोमा. विभागले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्दा त्यस्तो व्यक्ति वा संस्थालाई अनुमति दिन उपयुक्त हुने देखेमा आवश्यक शर्त तोकी अनुसूची-१७ बमोजिमको ढाँचामा अनुमतिपत्र प्रदान गर्नु पर्नेछ । (४) उपनियम (३) बमोजिमको अनुमतिपत्रको म्याद पाँच वर्षको हुनेछ । अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले त्यस्तो अनुमतिपत्र नवीकरणको लागि विभाग समक्ष निवेदन दिन सक्नेछ ।

(५) उपनियम (४) बमोजिम नवीकरणको लागि निवेदन दिँदा म्याद समाप्त हुने मिति भन्दा कम्तीमा तीस दिन अगावै दिई सक्नु पर्नेछ ।

(६) उपनियम (५) बमोजिम कुनै निवेदन प्राप्त भएकोमा विभागले सौ सम्बन्धमा आवश्यक जाँचबुझ गर्दा व्यहोरा मनासिब लागेमा थप दुई वर्षको लागि अनुमतिपत्र नवीकरण गर्न सक्नेछ ।

(७) यस नियम बमोजिम अनुमति लिई जोखिमपूर्ण पदार्थको आयात, सङ्कलन, भण्डारण, प्रशोधन, बिक्री वितरण, विसर्जन वा ओसारपसार गर्ने व्यक्ति वा संस्थाले अनुसूची-१८ बमोजिमको ढाँचामा विवरण तयार गरी प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीस दिनभित्र विभाग समक्ष पेश गर्नु पर्नेछ ।

(८)/यस नियम बमोजिम अनुमति प्राप्त व्यक्ति वा संस्थाले अनुमतिपत्र प्राप्त गर्दाका बखत तोकिएका शर्तको पालना नगरेको बा जोखिमपूर्ण पदार्थको व्यवस्थापन नगरेको पाइएमा विभागले त्यस्तो व्यक्ति वा संस्थालाई तत्काल त्यस्तो शर्तको पालना गर्न बा त्यस्तो जोखिमपूर्ण पदार्थ व्यवस्थापन गर्न आदेश दिनु पर्नेछ ।

(९) उपनियम (८) बमोजिम दिइएको आदेशको पालना नगर्ने व्यक्ति वा संस्थालाई ऐन बमोजिम कारबाहीका लागि विभागले सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।